कस्तो रहनेछ आगामी तीन दिनको मौसम ? हेर्नुहोस्

काठमाडौं । सोमवार देशभर मौसम सफा रहेतापनि अपरान्हपछि पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको पूर्वानुमान विवरण सार्वजनिक गर्दै त्यस्तो बताएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टाका लागि कुनैपनि परामर्श तथा चेतावनी नरहेको पनि महाशाखाले जनाएको छ ।

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

कार्तिक २४ गते (सोमवार)

दिउँसोः देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

रातीः देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २५ गते (मंगलवार)

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही

अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी

भू-भागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

रातीः देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २६ गते (बुधवार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?