अमेरिकामा रोकिएन कोरोनाको प्रकोप : एकैदिन एक लाख बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म १२ लाख ६१ हजार ९८० जनाको मृत्यु भएको छ भने ५ करोड ७ लाख ३१ हजार १५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ५७ लाख ९३ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ९२ हजार ६२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ४३ हजार ७६८ जनाको मृत्यु भएको छ भने १ करोड २ लाख ८८ हजार ४८० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६४ लाख ८३ हजार ४२० जना संक्रमण मुक्त भएका छन् भने ३५ लाख ६१ हजार २९२ जना उपचाररत छन् ।

त्यस्तै १८ हजार ४६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकाको टेक्सासमा हालसम्म १९ हजार २८६ जनाको मृत्यु भएको छ भने १० लाख १९ हजार ९७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा हालसम्म ९ लाख ५७ हजार ७१२ जनालाई संक्रमण भएको छ भने १७ हजार ९७७ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा हालसम्म १७ हजार १२१ जनाको मृत्यु भएको छ भने ८ लाख ४३ हजार ८९७ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा आईतवार मात्रै १ लाख २ हजार ७२६ जनालाई संक्रमण भएको छ भने ५१२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?