भारतमा कम हुँदै महामारीको प्रकोप

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म १२ लाख ६१ हजार ९८० जनाको मृत्यु भएको छ भने ५ करोड ७ लाख ३१ हजार १५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ५७ लाख ९३ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ९२ हजार ६२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म १ लाख २६ हजार ६५३ जनाको मृत्यु भएको छ भने ८५ लाख ५३ हजार ८६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७९ लाख १५ हजार ६६० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ११ हजार ५५१ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा आईतवार ४६ हजार ६६१ जना संक्रमित थपिएका छन् भने ४९१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?