गत बिहीवार देखि आजसम्म नेपालमा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ८१७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको पिसीआर परीक्षण भएको थियो । योसँगै हालसम्म १५ लाख ४० हजार ७७ पिसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ५३३ जनामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा एक हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना रहेका छन् ।

आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । उनका अनुसार गत बिहीवारदेखि आइतवारसम्मको विवरणमा ४५ हजार ९५५ पिसीआर परीक्षण भएको छ । त्यसमध्ये जम्मा ११ हजार ५३० परीक्षण नतिजा पोजेटिभ आएको छ । उक्त अवधिका डिस्चार्ज हुनेको संख्या १२ हजार ९४८ छ भने मृत्यु हुनेको संख्या ७४ रहेको छ । आज संस्थागत आइसोलेशनमा ६ हजार २२२ र १९३ र होम आइसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । देशभरका क्वारेन्टाइनमा एक जार १४९ रहेको छ ।

थप २१ को मृत्यु

गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या एक हजार १०८ पुगेको छ । आइसियूमा उपचारत क्रमशः प्रदेश नं. १ मा ४५, प्रदेश नं. २ मा ७, बागमती प्रदेशमा १८०, गण्डकी प्रदेशमा ८९, लुम्बीनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ५ र १५ गरी जम्मा ३९८ जना रहेका छन् । भेन्टिलेटरमा जम्मा ८२ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने संख्या एक लाख ५७ हजार ९२६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेदर ८१ दशमलव १ प्रतिशत रहेको प्रवक्ता डा गौतमले जानकारी दिए । पाँच सयभन्दा बढी सक्रिय संक्रमित संख्या रहेको जिल्लामा झापा, मोरङ सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की नवलपरासी पूर्व (रुपन्देही) र दाङ रहेको छ । शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?