काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १०८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८१२ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४९ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९३५ रहेको छ ।
त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख ४० हजार ७७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया