बाइडेनलाई कुन राज्यमा कति भोट ?

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले शनिवार रिपब्लिकन पार्टिका आफ्ना प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरे ।

पेन्सिलवेजिया राज्यमा जित दर्ता गरेपछि बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिका लागि चुनिए । उनले बहुमतका लागि आवश्यक २७० भन्दा धेरै इलेक्टोरल भोट ल्याए ।

उनको जितपछि अमेरिकाको सडकमा खुशीयाली मनाइयो । बाइडेनले २९० इलेक्टोरल भोट ल्याए भने ट्रम्प २१४ मै रोकिए ।

अमेरिकामा कुल ५३८ इलेक्टोरल भोट छन । बाइडेनले वाशिंगटनमा १२, ओरेगनमा ७, क्यालिफोर्नियामा ५५, नेवादामा ६, एरिजोनामा ११, न्यू मेक्सिकोमा ५, कोलोराडोमा ९, मिनीसोटामा १०, किस्कोन्सिसमा १०, इलिनोइसमा २०, मिशिगनमा १६, पेन्सलवेनियामा २०, भर्जिनियामा १३, न्यूयोर्कमा २९, वेरमन्टमा ३, म्यानेमा ४, न्यूह्याम्पशायरमा ४, म्यासाच्यूसेट्समा ११, रोड आईल्याण्डमा ४, केनेक्टीकटमा ७, न्यूजर्सीमा १४, डेलेभेयरमा ३, म्यारिल्याण्डमा १०, डिस्ट्रिक अफ कोलम्बियामा तीन इलेक्टोरल भोट पाएका छन् । तर यो आँकडा परिवर्तन हुन पनि सक्छ । केहि स्थानमा मत गणना अझै बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?