भक्तपुर । तास खेलिरहेको अवस्थामा चाँगुनारायणबाट १० जना पक्राउ परेका छन् । शनिबार दिउँसो भक्तपुर नगरपालिका-२ कालोपाटीबाट तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठसहित १० जना रहेका छन् ।
सोही ठाउँस्थित तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया