जसरी भगवान रामले रावणलाई हराए, त्यसरी नै हामी दिपावलीले कोरोना हराउनेछौँ : बोरिस जोनसन

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जसरी भगवान रामले राक्षस रावणलाई हराएर आफ्नी श्रीमती सीतालाई लिएर फर्किएका थिए, जसरी उनलाई लाखौँ मानिसले स्वागत गरे, ठीक त्यसै प्रकारले दिपावलीले हामी मानिसबाट कोरोना लिएर जाने विश्वास व्यक्त गरेका छन् ।

ब्रिटेन के पीएम बोरिस जॉनसन (फाइल फोटो)

जोनसनले प्रधानमन्त्री कार्यालयको आफ्नो सन्देशमा हिन्दू धर्मावलम्बीहरुले सुरक्षित दिपावली मनाउन धेरै त्याग गरेको र यस महामारीसँग लड्नको लागि प्रशासनले सहयोग पनि गरेको बताएका छन् ।

उनले भने, ‘तिहार मनाउन त्यति सहज छैन, किनभने आफ्नाबाट टाढिएर मनाएको तिहारमा के मजा छ, मानिसहरु आफन्तसँग त्यस मौकामा खुशी साट्न चाहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?