काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइसका कारण हालसम्म विश्वमा १२ लाख ५६ हजार १२३ जनाको मृत्यु भएको छ भने ५ करोड २५ लाख ५ हजार ९५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ करोड ५५ लाख ४६हजार ५११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९१ हजार ७७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख ४३ हजार २५७ जनाको मृत्यु भएको छ भने १ करोड १८ लाख २ हजार ८१८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६४ लाख ४१ हजार ७४४ जना संक्रमण मुक्त भएका छन् भने ३४ लाख ९७ हजार ८१७ जना उपचाररत छन् । त्यस्तै १८ हजार ४८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १९ हजार २४७ जनाको मृत्यु भएको छ भने १० लाख १२ हजार ४२८ जनालाई संक्रमण भएको ५ छ । त्यस्तै क्यालिफोर्नियामा ९ लाख ७० हजार ३९२ जनालाई संक्रमण भएको छ भने १७ हजार ९६७ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ८ लाख ३७ हजार ७७ जनालाई संक्रमण भएको छ भने १७ हजार १०० जनाको मृत्यु भएको छ । अमेरिकामा शनिवार मात्रै १ लाख २४ हजार २३२ जना संक्रमित थपिएका छन् भने १ हजार ३१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया