भारतमा घट्न थाले कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइसका कारण हालसम्म विश्वमा १२ लाख ५६ हजार १२३ जनाको मृत्यु भएको छ भने ५ करोड २५ लाख ५ हजार ९५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ५५ लाख ४६ हजार ५११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९१ हजार ७७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार १६२ जनाको मृत्यु भएको छ भने ८५ लाख ७ हजार २०३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७८ लाख ६७ हजार २९१ जना संक्रमण मुक्त भएका छन् भने ५ लाख १३ हजार ७५० जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार मात्रै ४६ हजार ३१८ जना संक्रमित थपिएका छन् भने ५५७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?