काठमाडौं । सरकारले कोभिड–१९को संक्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए । अहिले काठमाडौं उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन् ।
देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए । ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३ र ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।
उनका अनुसार सरकारले पहिले काठमाडौं उपत्यकामा ट्रेसिङलाई केन्द्रीत गर्ने र त्यसपछि उपत्यका बाहिर गर्ने छ । त्यसै समूहले संक्रमितको नजिक रहेका व्यक्तिलाई तथा संक्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सवैको ट्रेसिङ गर्ने छ ।
निगरानी समूह
मन्त्रालयले संक्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उनले बताए । ती समूहका ५ देखि ७ जना रहने छन् ।
कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन । “अहिले संक्रमित,ट्रेसिङमा परेका व्यक्ति बाहिर हिँडडुल गर्ने गरेको पाइएको छ” उहाँले भने, “ अव उक्त समूहले नै ति व्यक्तिको निगरानी गर्ने छन । संक्रमित, टे«सिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।”
समूहले कोभिड–१९ संग सम्बन्धि व्यक्तिलाई अस्पताल पुर्याउने र संक्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन ।
मन्त्रालयले अहिलेसम्म संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ ।
कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै टे«ेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले ट्रेसिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताए । “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन” उनले भने, “तर अव फेरि हामीले ठूलो मात्रामा कन्याक्ट टे«सिङ गर्ने तयारीमा रहेका छौ ।”
उनले कन्याक्ट ट्रेसिङमा परेकामध्ये पिसिआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पिसिआर परीक्षण निःशुल्क गरिने बताए । महाशाखाले कोभिड १९ संक्रमितसंग नजिक रहेको कममा तीन जनाको कन्टयाक्ट ट्रेसिङ गर्दै आइरहेको छ ।
कोभिड १९ को संक्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नकालागि संक्रमित भएका व्यक्तिका नजिक रहेका तीन जनादेखि ११० जनासम्ममा ट्रेसिङ गरिएको छ । संक्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई ट्रेसिङ गर्ने गरिन्छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया