रुसमा ह्वात्तै बढे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वमा व्याप्त छ । कोरोना भाइरसबाट मृत्यु हुनेहरुको रेकर्ड दिनदिनै बनिरहेको छ ।

यसैबीच रुसमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढीरहेको छ ।

रुसमा पछिल्लो २४ घण्टामा २० हजार ३९६ जनामा कोरोना संक्रमण पाइएको छ भने ३६४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म रुसमा ३० हजार २५१ जनाको मृत्यु भएको छ भने १७ लाख ५३ हजार ८३६ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?