काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ६२५ जना महिला संक्रमित छन् भने ८८७ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं जिल्लामा हाल १५ हजार ४५५ जना सक्रिय संक्रमित रहेका छन् भने ५५ हजार ४५ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै२७० जनाको हालसम्म मृत्यु भईसकेको छ भने ७० हजार ७७३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै काठमाडौंमा ११ हजार ५७० जना होमआइसोलेसनमा छन् ।
त्यस्तै ललितपुरमा होम आइसोलेसनमा रहनेको संख्या १ हजार ८०३ छ भने ९ हजार ९९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ कोरोनाबाट ६६ जनाको मृत्यु भएको छ भने ७ हजार ७३४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै २ हजार १९१ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै भक्तपुरमा १ हजार ७५० जना होमआइसोलेसनमा छन् भने ७० जनाको हालसम्म मृत्यु भएको छ ।
त्यस्तै ६ हजार ४३० जनालाई संक्रमण भएको छ भने ५ हजार १४४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै १ हजार २१६ जना उपचाररत छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २०६ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४४ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।
त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख २७ हजार ७६६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया