अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ४८ हजार ५६५ जनाको मृत्यु भएको छ भने ४ कोड ९६ लाख ५५ हजार ३६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ५२ लाख ५१ हजार ६३६ जना संक्रमण मुक्त भएका छन् भने ९० हजार ८०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा २ लाख ४२ हजार २३० जनाको मृत्यु भएको छ भने १ करोड ५८ लाख ५८६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६३ लाख ९१ हजार २०८ जना संक्रमण मुक्त भएका छन् भने ३४ लाख २५ हजार १४८ जना उपचाररत छन् ।

अमेरिकामा अहिले १८ हजार ३०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको टेक्सासमा १० लाख ७६हजार १५५ जनालाई संक्रमण भएको छ भने १९ हजार १५४ जनाको मृत्यु भएको छ ।

त्यस्तै ध्क्यालिफोर्नियामा ९ लाख ६५ हजार ५२३ जनालाई संक्रमण भएको छ भने १७ हजार ९३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ८ लाख ३२ हजार ६२५ जनालाई कोरोना संक्रमण भएको छ भने १७ हजार १६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा शुक्रवार मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै १ लाख ३२ हजार ५४० जनालाई कोरोना संक्रमण भएको छ भने १ हजार २४८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?