भारतमा शुक्रवार थपिए झण्डै आधा लाख कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ४८ हजार ५६५ जनाको मृत्यु भएको छ भने ४ कोड ९६ लाख ५५ हजार ३६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ५२ लाख ५१ हजार ६३६ जना संक्रमण मुक्त भएका छन् भने ९० हजार ८०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा अहिलेसम्म १ लाख २५ हजार ६०५ जनाको मृत्यु भएको छ भने ८४ लाख ६० हजार ८८५ जनालाई संक्रमण भएका छन् ।

त्यस्तै ७८ लाख १८ हजार ५५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५ लाख १६ हजार ७२२ जना उपचाररत छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै शुक्रवार मात्रै भारतमा ४९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका छन् भने ५७६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?