सप्तरी । अर्बुदरोगबाट सप्तरीमा आज एक पूर्वप्रधानपञ्चको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ निवासी साविक नकटी रायपुर गाविसका पूर्वप्रधानपञ्च ७० वर्षीय खुशीलाल यादवको आज निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
उपचारका क्रममा दुई महिनाअघि मात्र फोक्सोमा अर्बुदरोग पत्ता लागेको उहाँका भतिजा सुजितले जानकारी दिए । विसं २०४२ देखि २०४५ सम्म यादव सो गाविसका प्रधानपञ्च थिए । उनका चार छोरा र दुई छोरी छन् । रास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया