काबुलको विश्वविद्यालयमा भएको हमलाको फ्रान्सेली राष्ट्रपति म्याक्रोद्वारा निन्दा

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले अफगानिस्तानको राजधानी काबुलको एक विश्वविद्यालायमा भएको हमलाको निन्दा गरेका छन् ।

उनले काबुलको विश्वविद्यालयमा आईएसद्धारा भएको हमलाको निन्दा गरेका हुन् । उजले आफ्नो ट्वीट अकाउन्टमा सो हिंसात्मक हमलाको घटनाको निन्दा गरेका हुन् ।

गत सोमबार उक्त विश्वविद्यालयमा आईएसका लडाकूहरु आएर हमला गरेका थिए । विश्वविद्यालयका विद्यार्थीहरुमाथि नै हमला गरेका थिए । उक्त हमलामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको थियो भने अरु कैयौं विद्यार्थी गम्भीर रुपमा घाइते भएका थिए । सो हमलाको जिम्मेवारी आइएसले लिएको थियो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले ट्वीटमा भनेका छन्– यसरी विद्यालयमा पुगेर विद्यार्थीहरुमाथि गर्ने हिंसात्मक हमला र हत्याको कार्य निन्दनीय छ । यसमा संलग्न भएका सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्दछ ।

उनले शिक्षण संस्थाहरु भनेका पवित्र स्थानहरु भएकोले ती स्थानहरुलाई संरक्षण गर्नुपर्ने पनि त्यस सन्देशमा जनाएको पनि सो समाचारमा जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?