भादगाउँ । वाग्मती प्रदेशको नमूना विद्यालय घोषित भक्तपुरको वागेश्वरी माध्यमिक विद्यालयको नयाँ भवनको निर्माण शुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य मोहनप्रसाद प्रजापतिले आज भवनको शिलान्यास गर्दै शिक्षकशिक्षिकाले भौतिक निर्माणका साथै शैक्षिक गुणस्तर वृद्धि गर्नमा उत्तिकै मिहेनत गर्नुपर्ने बताए ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कर्मचारी मानसिकता त्यागी विद्यालयलाई आवश्यक भएमा अन्य समय दिन उत्प्रेरित हुनुपर्ने बताए । भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भवन निर्माणमा संलग्न सबैलाई पारदर्शी रुपमा काम गरी समयमै सम्पन्न गर्न अनुरोध गरे । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया