वीरगञ्ज । सीमावर्ती भारतको रक्सौल विधानसभा अन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिने भएको छ ।
कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहे पनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकारी दिएका छन । चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतको बैरगनियादेखि बगहा,वाल्मीकि नगरसम्म रहेको नेपाल भारतको सीमा बन्द गरिसकिएको छ । (रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया