कोरोना संक्रमित कलाकार मनोज गजुरेल आईसीयूमा

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि गत (बुधवार) उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो।

हिजो (बिहीवार) देखि उनको आइसियूमा उपचार भइरहेको बताइएको छ ।

कात्तिक १० गते सोमवार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी घरमा नै आइसोलेसन बसिरहेका थिए । तर बुधवारबाट स्वास्थ्य अवस्था जटिल बन्दै गएकपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?