भारतमा यस्तो छ पछिल्लो २४ घण्टामा महामारीको अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ३९ हजार ३८० जनाको मृत्यु भईसकेको छ भने ४ करोड ९० लाख १६ हजार ९२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ४९ लाख ८० हजार ३३१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९० हजार मानिसको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वमा हिजो (बिहीवार) ६ लाख ४ हजार ६८९ जना संक्रमित थपिएका छन् । जो हालसम्मकै सबैभन्दा धेरै हो ।

यसैबीच भारतमा अहिलेसम्म १ लाख २५ हजार २९ जनाको मृत्यु भएको छ भने ८४ लाख ११ हजार ३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७७ लाख ६४ हजार ७६३ जना संक्रमण मुक्त भएका छन् भने ५ लाख २१ हजार २४२ जनाको उपचार भईरहेको छ ।

त्यहाँ ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार ४७ हजार ६२२ जना संक्रमित थपिएका छन् भने ६७५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?