बिहीवार विश्वमा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा १२ लाख ३९ हजार ३८० जनाको मृत्यु भईसकेको छ भने ४ करोड ९० लाख १६ हजार ९२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ४९ लाख ८० हजार ३३१ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ९० हजार मानिसको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वमा हिजो (बिहीवार) ६ लाख ४ हजार ६८९ जना संक्रमित थपिएका छन् । जो हालसम्मकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?