काठमाडौं । नेपालमा बिहीवार (आज) थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ लाख ८५ हजार ९ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । भने हाल नेपालमा ३६ हजार ५ सय १४ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया