कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुग्यो

काठमाडौं । नेपालमा कोराना भाइरस (कोभिड १९) को कारण थप १८ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ । त्यस्तै बुधवार नेपालमा कोरोनाबाट ३० जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४३० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ । त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख ७ हजार १९० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?