रेडियोको वार्षिकोत्सवमा मानव सेवाघरलाई सहयोग

बनेपा । रेडियो एबिसीले आफ्नो वार्षिकोत्सवका अवसरमा धुलिखेलस्थित मानवकल्याण समाज सेवाघरलाई सहयोग गरेको छ ।
रेडियो एबिसी एफएम ८९.८ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा सेवाघरलाई खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।
सेवाघरलाई खाद्य सामग्रीसँगै प्रेसरकुकर, पानी तताउने इलेक्ट्रिक जगसमेत वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर रमेश न्यौपानेले बताए। संस्थाका अध्यक्ष सुमित्रा चौलागाईँले अपाङ्गता भएका, असहाय, मनोरोगी र ज्येष्ठ नागरिकको सेवा गर्न पाउँदा मनभित्रैबाट आनन्द भएको बताए । सेवाघरले भक्तपुर र काभ्रेपलाञ्चोकमा गरी २०० जनाको उद्धार गरी ७५ जनालाई परिवारमा बुझाएको र २१ जनाको मृत्यु भएको जनाइएको छ । हाल सेवाघर धुलिखेलमा ज्येष्ठ नागरिकसहित १४ जना  छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?