पिस्कर स्वास्थ्य चौकीमा ल्याव स्थापना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका भित्र पहिलोपटक पिस्कर स्वास्थ्य चौकीमा ल्याब प्रयोगशाला स्थापना भएको छ ।

गाउँपालिले स्वास्थ्य क्षेत्रमा विनियोजिन गरेको आठ लाख बजेटबाट ल्याब प्रयोगशाला स्थापना गरिएको पालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए ।

मेलम्चीमा प्रत्येक शनिवार परीक्षण

मेलम्ची नगरपालिकाले नगरभित्रका कोरोनाको लक्षण देखिएका स्वइच्छिक व्यक्तिको प्रत्येक शनिवार कोरोना परीक्षण गर्ने भएको छ । पालिकाको कोरोना विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमणका लक्षण देखिएका व्यक्तिले सःशुल्क पिसिआर परीक्षण गर्न चाहेमा प्रत्येक शनिवार स्वाब संकलन गर्ने निर्णय गरेको नगरप्रमुख डम्बरप्रसाद अर्यालले जानकारी दिए ।

यही कातिक २१ गतेबाट स्थलगत निरीक्षण शुरु गर्ने नगर उपप्रमुख भगवती नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?