पेरिस जलवायु सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो

काठमाडौं । पेरिस जलवायु सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मै यस सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए ।

४ नोभेम्बर २०१९ मा ट्रम्प प्रशासनले औपचारिक रुपमै संयुक्त राष्ट्रसंघलाई यस विषयमा जानकारी गराएको थियो ।

जसअनुसार एक वर्षपछि यो निर्णय कार्यान्वयन भएको हो । २०१५ मा गरिएको यस सम्झौताका १ सय ९७ हस्ताक्षरकर्तामध्ये बाहिरिने अमेरिका एकमात्रै देश हो ।

यस सम्झौताले देशको अर्थतन्त्रलाई अवमुल्यन गरेको ट्रम्पको दाबी थियो । अमेरिका विश्वको दोस्रो ठूलो ग्रिनहाउस उत्सर्जन गर्ने देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?