विदेश पुगेपछि यात्रुहरुमा पीसीआर रिपोर्ट पोजेटिभ, प्रयोगशालालाई सजगता अपनाउन निगमको आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुहरुमा अन्य देशमा गएपछि कोरोना देखिएको भन्दै प्रयोगशालाहरुलाई सजगता अपनाउनको लागि आग्रह गरेको छ ।

यात्रा गर्नुभन्दा ७२ घण्टा पहिला यात्रुरुले पीसीआर परीक्षणको नेगेटिभ आएको रिपोर्ट देखाउनुपर्ने सरकारले निर्णय गरेको छ । तर हङकङ, दुबई, नारिता जस्ता गन्तव्यहरुमा गएका यात्रुहरुमा ती स्थानमा पुगेपछि पुनः परीक्षण गर्दै पोपजेटिभ रिपोर्ट आएको भन्दै स्वास्थ्य प्रयोगशालाहरुलाई सजगता अपनाउनको लागि निगमले आग्रह गरेको हो ।

गन्तव्यमा पुगेका यात्रुहरुको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको भन्दै कतिपय देशले उडान समेत रोक लगाएको छ । त्यसबाट आर्थिक तथा प्रतिष्ठामा समेत नोक्सानी भएको निगमले जनाएको छ । “७२ घण्टाको आरटी पीसीआर रिपोर्टको बाबजुत पनि ति स्थानहरुमा पुनः परीक्षण गर्दा कोभिड १९ संक्रमण पोजेटिभ देखिएकाले सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुको साथै कतिपय उडान गर्न समेत रोक लगाएकाले निगमलाई आर्थिक तथा प्रीतष्ठाको दृष्टिले ठुलो नोक्सानी पर्न गएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?