काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ८४४ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३०५ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।
त्यस्तै अहिलेसम्म नेपालमा १४ लाख ९४ हजार १२२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया