हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै अन्य स्थानमा सामान्यतया मौसम सफा रहनेछ ।
यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू(भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार र शुक्रबार पनि आजको जस्तै मौसम रहने अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया