काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वामा नै व्याप्त छ ।
विशेष गरेर यूरोपमा कोरोनाको दोश्रो लहर शुरु भएको छ । स्पेन, फ्रान्स, बेलायत, रुसमा कोरोनाको दोश्रो लहर शुरु भएको हो ।
दोश्रो लहरमा कोरोनाको प्रकोप झनै घातक सिद्ध भएको छ । जसका कारण विभिन्न देशहरुले लकडाउन गर्न थालका छन् ।
यसैबीच स्पेन र बेलायतमा लकडाउनको विरोधमा हिंस्रक प्रदर्शन भएको छ । स्पेन र बेलायतमा एक महिनाको लकडाउन घोषणा गरेसँगै प्रदर्शन चर्किएको हो ।
प्रदर्शनका क्रममा हिंस्रक झडपसमेत भएको छ । स्पेनमा जब प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयाश गरेपछि हिंस्रक झडप भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया