दशैँ लगत्तै २ दिन कारोबार भएको शेयर बजारमा उत्साह, उमङ्ग र उछाल :५२ अर्ब भन्दा धेरैले बढ्यो लगानीकर्ताको सम्पती

काठमाडौं । दशैँको छुट्टि गत विहीबार शेयर बजार बढेर बन्द भएको थियो । यस्तो अवस्थामा दशैंपछिको शेयर बजार घट्छ भन्ने धेरैले आँकलन गरेका थिए । तर, दशैँ बिदा सकिएर खुलेको बजारमा उत्साह, उमङ्ग र उछाल सबै एकैसाथ देखिएको छ ।

२ दिन मात्र खुलेको बजारमा एक दिन शेयर बजार बढेको थियो अर्कोदिन शेयरबजार घटेको थियो । समग्रमा २ दिनको कारोबारमा नेप्से परिसूचक ३९.४२ अंकले बढेर १६४५.६८ अंकको विन्दुमा यस साताको कारोबार सकिएको छ ।

२ दिन कारोबार भएको बजारमा बजार पूँजीकरण ५२ अर्ब ६७ करोड १४ लाख ७३ हजार ५ सय ८६ रुपैयाँले बढेर हलसम्मकै उच्च रकम कायम भएको छ ।
यस साताको अन्तिम कारोबार सकिँदा बजार पूँजीकरण २१ खर्ब ९८ अर्ब ६८ करोड ४२ लाख २ हजार ३ सय २२ रुपैयाँ ५ पैसा कायम भएको छ ।

यस साता नेप्से परिसूचकसँगै कारोबारमा पनि उछाल देखिएको छ । गत साताको ५ दिनको कारोबारको तुलनामा यस साताको २ कारोबार दिनमा १ अर्ब ३४ करोड ३३ लाख ३५ हजार ४ सय ३२ रुपैयाँ २ पैसा मात्र कम कारोबार भएको छ ।

यस साताको २ दिन कूल ८४ हजार ५ सय २७ पटकको कारोबारमा १ करोड ९६ लाख ८७ हजार ६ सय ९२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ७६ करोड ३६ लाख ८८ हजार ९ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस सता शेयरबजारमा बैंकिङ समूहको सर्वाधिक कारोबार भएको छ । बैंकहरुले धमाधमा लाभांश धोषणा गर्दै गरेको कारण लगानीकर्ताहरु बैंकको शेयरमा आकर्षित भएको देखिन्छ ।

कस्तो थियो दशैँ पछिको २ दिनको कारोबार :

बुधवार
बुधवार १ सय ८८ कम्पनीको ४२ हजार ६ सय १८ पटकको कारोबारमा ९३ लाख २२ हजार ८५ कित्ता शेयरको खरिद बिक्रि हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँ २६ पैसा बराबरको कारोबार भएको थियो । दशैँका लागी ५ कारोबारदिन बन्द रहेको शेयरबजार बुधवार खुल्नासाथ उकालोको यात्रा तय गरेको थियो । प्रि ओपेनिङ सेसनदेखि बढेको बजार अन्ततः साढे २ प्रतिशत भन्दा धेरैले बढेको थियो ।

बुधवार शेयर बजार परिसूचक नेप्से एकैपटक ४१.२० अंकले बढेको थियो । दोहोरो अंकले बढेको बजारमा नेप्से परिसूचक १६४७.४६ अंकको विन्दुमा बन्द भएको थियो । यस्तै सेन्सिटिभ परिसूचक पनि २.८९ प्रतिशतले उकालो लागेको थियो । २.५७ प्रतिशतले बढेको नेप्सेमा ११ समूहको परिसूचक बढ्दा टे«डिङ समूहको परिसूचक भने घटेको थियो । बुधवार समूहगत परिसूचकमध्य बैंकिङ समूहको परिसूचक सर्वाधिक ४.२७ प्रतिशतले बढेको थियो भने जलविद्युत समूहको परिसूचक सबैभन्दा थोरै ०.२८ प्रतिशतले बढेको थियो । यस्तै विकास बैंक समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको थियो भने वित्त, होट्लस, जिवन बिमा, म्यूचल फन्ड र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेका थिए ।

बाँकि ४ समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले वृद्धि भएका थिए । व्यापार समूहको परिसूचक भने ०.८० प्रतिशतले घटेको थियो । ४० अंक भन्दा धेरैले बढेको बजारमा ३ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक ९ प्रतिशत भन्दा धेरैले बढेको थियो । प्राइम कर्मशियल बैंक लिमिटेडका लगानीकर्ताले बुधवार ९.९० प्रतिशतले बुधवार कमाएका थिए । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश ःनेपाल फाइनेन्स र सिटिजन्स् इन्टरनेशनल बैंक लिमिटेड रहेका थिए । बुधवार शेयरमूल्य घट्ने कम्पनीमध्य अधिकांश कम्पनी जलविद्युत समूहको कमपनी रहेका थिए । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ३.४७ प्रतिशतले गुमाएका थिए । त्यस्तै रकमका आधारमा भने साल्ट ट्रेडिङ कर्पेरेशनका लगानीकर्ताले सर्वाधिक ४४ रुपैयाँले गुमाएका थिए ।

बिहीवार

बुधवार ४० अंक भन्दा धेरैले बढेको बजार बिहीवार भने झिनो अंकले घटेको थियो । बजारमा अल्पकालीन लगानीकर्ताहरु पे्रभिट बुकिङ तिर लाग्दा बजारले बिहीवार सामान्य करेक्शनको सामाना गर्नु परेको थियो । बिहीवार शेयर बजार परिसूचक नेप्से १.७८ अंकले घटेको थियो । नेप्से परिसूचक घटेपनि सेन्सिटिभ परिसुचक भने ०.२७ अंकले बढेको थियो । बिहीवार १ सय ९२ कम्पनीको ४१ हजार ९ सय ९ पटकको कारोबारमा १ करोड ३ लाख ६५ हजार ६ सय ७ कित्ता शेयरको खरिदबिक्रि हुँदा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८ सय ४५ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको थियो ।

करेक्शनको सामना गरेको बजारमा समूहगत परिसूचक भने मिश्रित देखिएका थिए । ६ वटा समूहको परिसूचक घट्दा ६ वटै समूहको परिसूचकमा भने वृद्धि देखिएका थिए । घट्ने समूहको परिसूचक मध्ये उत्पादन तथा प्रसोधन समूहको परिसूचक १.१३ प्रतिशतले घटेको थियो भने बढ्ने समूहको परिसूचक मध्य व्यापार समूहको परिसूचक १.३७ प्रतिशतले बढेको थियो । बाँकि सबै समूहको परिसूचक १ प्रतिशत भनदा थोरैले घटबढ भएका थिए ।

बिहीवारको बजारमा पनि बैंकिङ समूहकै वर्चस्व रहेको थियो कारोबार रकमका आधारमा ६ वटा कर्मशीयल बैंकको १० करोड भन्दा धेरैको कारोबार भएको थियो । जसमा प्रईम कर्मशीयल बैंकको सर्वाधिक १३ करोड ७८ लाख १ हजार ३ सय ६ रुपैयाा बराबारको कारोबार भएको थियो । त्यस्तै १० करोड को आकडा नाध्ने ७ औँ स्थानमा शिव श्री हाइड्रोपावर लिमिटेड रहेको थियो । उक्त कम्पनीको १० करोड १५ लाख २५ हजार १ सय ३० रुपैयाँ बराबरको कारोबार भएको थियो । शेयर संख्याका आधारमा पनि शिव श्री हाइड्रोपावर लिमिटेड अग्र स्थानमा रहेको थियो । उक्त कम्पनीको मात्र ७ लाख ६९ हजार १ सय ५० कित्ता शेयर खरिदबिक्रि भएको थियो । कारोबार संख्याका आधारमा भने जनरल इन्स्योरेन्सको लिमिटेडको सर्वाधिक ४ हजार ४ सय २८ पटक कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?