काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ४१ हजार १४ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमा ६ लाख ४ हजार ८२ संक्रमितको उपचार चलिरहेको छ । जबकी हालसम्म ७३ लाख १४ हजार २०९ संक्रमित निको भइसकेका छन् । संक्रमण शुुरु भएयता भारतमा १ लाख २० हजार ५८३ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच दिल्ली, केरल र पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । तथ्यांकअनुसार सेम्टेम्बरको अन्तिमतिर यी राज्यमा कोरोना संक्रमित लगातार घटिरहेको थियो ।
केरलमा सेम्टेम्बरको अन्तिम सातादेखि २० अक्टुबरसम्म३–५ हजार मानिस संक्रमित भएका थिए । जुन अहिले बढेर ७–९ हजार पुगेको छ । यसैगरी दिल्लीमा २–४ हजारबाट बढेर अहिले ३–५ हजार पुगेको छ ।
पश्चिम बंगालमा पनि ३ देखि ३.०५ हजार केस रहेकोमा अहिले बढेर ४ देखि ५ हजार पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया