दशैँ पछि खुलेको शेयरबजार कस्तो होला, कस्तो छ विगतको ढाँचा ?

काठमाडौं । छुट्टिको समयमा विश्वभर शेयरबजारको ढाँचा लगभग उस्तै हुने गरेको छ । विश्व बजारको क्रिसमसमा हुने बिदालाई नेपालमा हुने दशैँ बिदासँग तुलना गर्दा शेयर ढाँचाभने केहि हदसम्म उस्तै रहने गरेको देखिन्छ ।

नेपालमा दशैँको समयमा नेप्से ५ दीनका लागि बन्दहुने गरेको छ । यस वर्ष पनि गत शुक्रवार अर्थात् कात्र्तिक ७ गतेदेखि मंगलवार कात्र्तिक ११ गतेसम्मका लागि शेयरबजार बन्द रहेको छ ।

शेयरबजारको भविष्यवाणी गर्न असम्भव कुरा हो, तर ढाँचाको पहिचान गरि केहि हदसम्म बजारले आगामी साता देखाउने प्रवृत्तिको अनुमान भने गर्न सकिन्छ ।
अहिले घर बसेर दशैँ मनाइरहेका लगानीकर्ताहरुलाई छुट्टिपछि खुलेको बजार के होला ? भन्ने कौतुहलता जागेको छ । तर कसैले पनि शेयरबजारले कस्तो चरित्र देखाउँछ भन्ने सहि अनुमान गर्न सक्दैनन् । किनकि कसैको अनुमानमा बजार चल्ने गरेको हुँदैन । बजारको आफ्नै पद्धती हुने गरेको छ र लगानी गर्ने लगानीकर्ताहरुले नै बजारलाई चलायमान गरिरहेका हुन्छन् ।

शेयरबजारको अनुमान कसैले गर्न नसके पनि विगतका ढाँचाहरुलाई विश्लेषण गर्न सकिन्छ । तर नेपालको शेयरबजार पूर्ण रुपले विकास भइनसकेको कारण पर्याप्त मात्रामा डेटाहरु उपलब्ध हुन सक्ने अवस्था छैन ।

त्यहि पनि विभिन्न पत्र पत्रिका अभिलेख मार्फत् संकलन गरिएको डेटा अनुसार २०७३ सालदेखि दशैँ छुट्टि हुनुको एक साता अगाडि बजार बढेको देखिन्छ । यस वर्षको अन्तिम साता पनि शेयर बजार १७.२२ अंकले बजार उकालो लागेको छ । तर, २०६८ साल देखि २०७० सालको डेटा र्हेने हो भने शेयर दशैँ अगाडिको अन्तिम साता शेयर बजार घटेको देखिन्छ । साथै २०७१ सालमा बढेको बजार २०७२ सालमा भने घटेको देखिन्छ ।

त्यसैगरी दशैं सकिएपछि पहिलो साता खुलेको बजारमा भने धेरै गिरावट देखिएको छ । २०७१ साल देखि २०७६ साल सम्म शेयरबजार निरन्तर ओरालोकै यात्रामा देखिएको छ । यस वर्ष शेयर बजारले कस्तो चरित्र देखाउँछ त्यो बुधवारबाट बजार खुलेपछि नै देखिने छ ।

विक्रम संवत् २०६९ र २०७० मा भने दशैँको पहिलो साता बजार बढेको देखिन्छ । त्यस पश्चात् ६ वर्ष दशैँ पछिको साता शेयर बजार घटेकै छ । अबको आउँदो साता शेयरबजार कस्तो हुन्छ भनेर केहि मात्रामा अनुमान गर्न सकिए पनि बजार कस्तो हुन्छ भन्ने कुरा बुधवारबाट सुचारु भएको बजार आफैँले देखाउने छ ।
शेयर बजार परिसूचक नेप्से दशैँ छुट्टिको एक दिन अगाडि बढेरै बन्द हुने गरेको देखिन्छ । यस वर्ष पनि छुट्टि अगाडिको अन्तिम कारोबार दिन शेयरबजार ८.५४ अंकले बढेर १६ सयको विन्दु पार गरेको छ । त्यस्तै २०६९ साल देखि २०७७ सालसम्मको तथयाङ्क हेर्ने हो भने २०७५ सालमा मात्र शेयर बजार घटेको देखिन्छ । बाँकिका सबै वर्षहरुमा शेयर बजार बढेरै दशैँको छुट्टि भएको छ ।

दशैँ अगाडिको अन्तिम कारोबार दिन किनेको अथवा बेचेको शेयरको राफसाफ दशैँ छुट्टि पछि हुने गरेको कारण बेच्ने भन्दा किन्नेको संख्या उल्लेखनीय हुने भएकोले बजार बढ्ने गरेको विश्लेषण गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?