नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल होम आइसोलेसनमै रहेका शर्माले आफ्नो सम्पर्कमा रहेकालाई सर्तक रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन अनुरोध गरेका छन् ।
‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउद छु। केही दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’, शर्माले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?