बिराटनगर । नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दशैँमा पनि खुल्ला हुने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दशैँ बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।
कोरोनाको महामारी बढिरहेका नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दशैँको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘दशैंमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दशैं बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौं ।’
दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा आउँनेको मात्र नभई गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ ।
यता, दशैं विदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपीडी सेवा बन्द हुँने भएपनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार ईमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया