दुर्गको नदीमा दुर्गाको देह : नदीमा तैरिँदै गरेको अवस्थामा भेटियो बालिकाको शव !

काठमाडौं । तस्वीर हेरेरै तपाईले अनुमान लगाउनु भयो होला कि, यो तस्वीर कति दर्दनाक छ । कोहि पनि आमा यस्तो तस्वीर हेर्न सक्दिनन् । तर पनि भयो यहि ।

भारतको छत्तिसगढको दुर्गस्थित शिवनाथ नदीमा दुर्गाको शव फेला परेको छ । दुर्गा अर्थात् नवजात बालिका, जसलाई नवरात्रमा नदीमा फालियो ।

बालिकाको नाल समेत अहिलेसम्म छुट्टिएको छैन । यो घटना हो भारतको जेवरा सिरसा क्षेत्रको । सोमवार बिहान त्यहाँ बच्चीको शव शिवनाथ नदीमा तैरिरहेको अवस्थामा फेला पर्यो ।

गिनियारी पोस्टको भेडसर पञ्चायतको डान्डेसरामा केहि मानिस स्नानका लागि नदीमा गएका थिए । उनीहरुले त्यहाँ बच्चीको शव देखे र तत्काल प्रहरीलाई खबर गरे ।

अहिले प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?