काठमाडौं । गृह मन्त्रालयले दशैँको समयमा कर्फ्यू लाग्ने भन्ने सामाजिक सञ्जालमा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सोमवार मोवाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा संवेदनशीलतालाई जोडी संकटकाल लाग्ने भन्ने विषयमा सत्यता नभएको समेत गृहले जनाएको छ । त्यस्तै उक्त घटनाबारे छानबिनको प्रक्रिया अघि बढिसकेको समेत गृहका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए ।
गृहले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “आज कार्तिक ३ गते मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कफ्र्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त सूचना तथ्यहिन, भामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ । गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।“
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया