काठमाडौँ, ४ चैत । राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आज शपथ लिएका हुन् ।राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा सांसद यादव प्रदेश २ बाट निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया