ललितपुरमा आईतवारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले आइतवारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आइतवारदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावशयक सेवाहरु बाहेकका सेवा प्रवाह स्थगित गरिएको जानकारी दिए ।

प्रशासनले कोभिड–१९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतको छलफलका आधारमा सो निर्णय लिइएको जानकारी दिएको छ

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्यामा गोलमाल भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक नै बाझिएपछि कतै सरकारले मृतकको संख्या लुकाएको त होइन ? भन्न्ने आशंका जन्माएको छ ।

सेनाले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट मृत्यु भएका ८८९ जनाको शव व्यवस्थापन गरिएको उल्लेख छ ।

जसमा हिन्दु धर्म मान्ने ३१६ जनाको शव गाडिएको, ४३० जनाको शव शव दाह गृहमा जलाइएको र ७१ जनाको शव चितामा जलाएको उल्लेख छ । यस्तै मुस्मिल ३७ जनाको शव गाडिएको, बुद्धिस्ट १५ जनाको शव दाह गृह र १७ जनाको शव गाडिनुका साथै ३ जना क्रिश्चियन धर्म मान्नेको शव गाडिएको उल्लेख छ ।

जवकी नेपाल सरकारले भने शुक्रवारसम्म ७१५ जना कोरोना संक्रमितको मात्रै मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

सरकार र सेनाको तथ्यांकमा १७४ को फरक कसरी पर्यो ? यसबारे बुझ्न मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्यांक यही भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?