काठमाडौं, ४ चैत । निर्वाचन आयोगले उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज गर्दैछ ।उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न तोकिएको समयमा बाम गठबन्धका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो ।आगामी चैत ९ गते उपराष्ट्रपतिका लागि मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज पुन उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागेको हो ।निर्वाचन आयोगले पुनविरुद्ध कसैको उम्मेदवारी नपरेकाले उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज गर्न लागिएको जानकारी दिएको छ ।अघिल्लो कार्यकालमा पनि पुन नै उपराष्ट्रपतिमा निर्वाचत भएका थिए । पुनले अघिल्लो कार्यकालमा कुशल भूमिका निर्वाह गरेको भन्दै वाम गठबन्धनले उनलाई पुनः उम्मेदवार बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया