राष्ट्रियसभा उपाध्यक्ष पदको चुनाव आज, शशिकला र वृन्दादेवीको प्रतिस्पर्धा

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि बाम गठबन्धन र नेपाली कांग्रेस दुवैले उम्मेदवारी दिएपछि आज चुनाव हुन लागेको हो ।राष्ट्रियसभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली कांग्रेसका वृन्दादेवी आले(राना)को उम्मेदवारी परेको संघीय संसद सचिवालयले जनाएको छ ।निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्कीकी हुन् ।संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । राष्ट्रियसभामा वाम गठबन्धन आबद्ध दल एमाले–माओवादीको स्पष्ट बहुमत भएकाले दाहाल विजय हुने पक्का जस्तै छ ।राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?