अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१२ जख्लेगैरामा पहिरोले घरबारबिहीन दुई सुत्केरीलाई प्रतिनिधिसभा सदस्य पुष्पा भुसालले आर्थिक सहयोग गरेकी छन् ।
यही असोज ९ गते कोठिया मैदान क्षेत्रमा जमिन भासिएर पहिरो जाँदा प्रभावितमध्ये सुत्केरी विमला नेपाली र सुस्मिता नेपालीलाई भुसालले १०/ १० हजार सहयोग गरेकी हुन् । नेपाली काँग्रेसका सांसद् भुसालले नगरपालिकाको विपद् व्यवस्थापन खातामा ५० हजार रुपैयाँ पनि हस्तान्तरण गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया