काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्व सांसद मञ्चका पदाधिकारीहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपालको’ चाहना पूरा गर्न पूर्वा सांसदहरुको अनुभव कामयावी हुने बताएका छन् ।‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो’ प्रधानमन्त्री ओलीले भने ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशा निर्देश गर्न सक्छ ।’नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्ट्रिय एकताको भावना बलियो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रीय हुन्छन् । उनीहरु द्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउछन् ।’ नेपालमा पनि जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्विकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभति जनताले पाउनु पर्ने प्रधानमन्त्री ओलीको तर्क छ । ‘लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लो स्तरको जनताले महसुष नगर्ने’ प्रधानमन्त्री ओलीले भने, ‘जनताले महसुष गर्ने गरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको दायित्व हो ।’प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनुपर्ने बताएका छन् । ‘सरकारको भ्रष्टाचार न्यूनिकरण गर्ने निर्मूल गर्ने नीति छ’ प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आडमा ,शक्तिका आडमा कसैले पनि कानुन विपरीत काम गरेको सरकारलाई सैह्य हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया