बुधबार नियुक्त भएका मन्त्रीहरुको सपथ बिहीबार हुने तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासले बिहीबार बिहान ११ बजेको लागि सपथग्रहणको कार्यक्रम राखेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिमण्डल हेरफेर र पुनर्गठन गरेकी थिइन् ।
जसअनुसार विष्ण पौडेल अर्थमन्त्री, लीलानाथ श्रेष्ठ महिलामन्त्री र कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । यस्तै पार्वत गुरुङको मन्त्रालय परिवर्तन भएको छ ।
उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रक्षा मन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने सो जिम्मेवारबाट हटाएर प्रधानन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया