राष्ट्रियसभा उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी

काठमाडौं, ३ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले(राना)ले उम्मेदवारी दर्ता गराएका हुन् ।माओवादी केन्द्रकी दाहाल प्रदेश २ को महिला कोटाबाट र कांग्रेसकी वृन्दादेवी आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिसभामा निर्वाचित भएका हुन् ।राष्ट्रियसभाको अध्यक्षमा भने यसअघि नै एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?