काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदमा नन्दबहादुर पुन ‘पासाङ’ले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ रहेको पासाङका छोरा दिपेश पुनले जानकारी दिए ।उम्मेदवारी दर्ताको लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ । उपराष्ट्रपति पदको निर्वाचन भने आगामी चैत ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।राष्ट्रपति पदमा भने विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेकी छन् । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित हुने पक्का भइसकेका कारण उनको लागि पनि यो दोस्रो कार्यकाल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया