काठमाडौं । काँग्रेस नेता अर्जुन नरसिंह केसीले डा बाबुराम भट्टराईको अभिव्यक्तिबारे चासो राख्दै अन्य चर्चित भ्रष्टाचार काण्डबारे पनि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
भट्टराईले केही दिनअघि बूढीगण्डकी परियोजना निर्माणका क्रममा ९ अर्ब घुसको कारोबार भएको र त्यसमा वर्तमान प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डसमेतको संलग्नता रहेको दावी गरेका थिए ।
यही अभिव्यक्तिमा चासो राख्दै नेता केसीले चर्चित भ्रष्टाचार काण्डहरुको एकमुष्ट निष्पक्ष, पारदर्शी जाँच गर्न पूर्व प्रधानन्यााधीशको नेतृत्वमा निष्पक्ष शक्तिसम्पन्न न्यायिक आयोग गठनको जरुरी रहेको बताएका हुन् ।
‘बूढीगण्डकी मात्र होइन वाइड, न्यारोबडी, ३३ केजी सुन, ओमनी, यति र सेक्युरिटी प्रिन्टिङ लगायत हालका चर्चित भ्रष्टाचार काण्डहरुको एकमुष्ट निष्पक्ष,पारदर्शी जाँच गर्न पूर्वप्रधानन्यााधीशको नेतृत्वमा निष्पक्ष शक्तिसम्पन्न न्यायिक आयोग गठ को जरुरी छ।’ उनले ट्वीटरमार्फत भनेका छन् ।
भट्टराईको अभिव्यक्तिलाई लिएर काँग्रेसले यसअघि आधिकारिक विज्ञप्ति समेत निकालेर चासो राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया