काठमाडौं, ३ चैत । उपराष्ट्रपतिमा पुनः नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने भएका छन् ।शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उपराष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ताका समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ ।उपराष्ट्रपतिमा नन्दबहादुर पुन (पासाङ) नै दोहोरिने पक्का छ । उम्मेदवारी दर्ताका लागि पुन शनिबार बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वर जाँदैछन् ।आजै अपरान्ह ४ बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।उपराष्ट्रपतिको निर्वाचन भने आगामी चैत ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया