‘जातको प्रश्न’ कार्यक्रम विवादमा परेपछि समता फाउण्डेसनले दियो स्पष्टीकरण

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘जातको प्रश्न’ कार्यक्रम विवाद परेपछि समता फाउण्डेसनले स्पष्टीकरण दिएको छ । अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएका कार्यक्रममा क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै विरोध गरेको भन्दै फाउण्डेसनले स्पष्टोक्ति दिएको हो ।

दलित समुदायविरूद्ध भइरहेका यी श्रृङ्खलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको सँस्कृति बढाउन उक्त कार्यक्रम ल्याइएको फाउण्डेसनका अध्यक्ष प्रदिप परियारले बताए ।

कार्यक्रमकोे मुख्य उदेश्य नै जातीय विभेद सम्बन्धी घर घरमा संवादको शुरुवात गर्नु रहेको र  कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाहग्रह नराखेको पनि उनले बताए ।

“दलित समुदायविरूद्ध भइरहेका यी श्रृङ्खलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको सँस्कृति बढाउनका लागि समता फाउण्डेशनले जातको प्रश्न नामक टेलिभिजन कार्यक्रम उत्पादन गरेको हो । हाल यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ । यो कार्यक्रमकोे मुख्य उदेश्य नै जातीय विभेद सम्बन्धी घर घरमा संवादको शुरुवात गर्नु रहेको छ । यस कार्यक्रमा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाहग्रह नराखेको स्पस्ट गर्न चाहान्छौ ।” उनले भने ।

साथै कार्यक्रम प्रसारण भइरहेकै बेला समता फाउण्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरूपयोग गरि सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारकोे साईबर कानूनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?